विश्वकप क्रिकेट : टस जितेर न्युजिल्यान्डले बङ्लादेशविरुद्ध फिल्डिङ गर्ने
काठमाडौं : भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बङ्लादेशविरुद्ध टस जितेर न्युजिल्यान्डले पहिले फिल्डिङ रोजेको छ।
एमए चिदम्बरम स्टेडियम, चेन्नइमा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्।
न्युजिल्यान्ड दुई खेलमा ४ अङ्ककासाथ तालिकाको दोस्रो स्थानमा छ। बङ्लादेश दुई खेलमा दुई अङ्ककासाथ छैटौँ स्थानमा छ।
न्युजिल्यान्डले पहिलो खेलमा इङ्ल्यान्डलाई ९ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ९९ रनले हराएको थियो।
त्यस्तै, बङ्लादेशले पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा इङ्ल्यान्डसँग एक सय ३७ रनले पराजित भएको थियो।
हिजो भएको खेलमा अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ।
बंगलादेशको प्लेइंग ११ :
लिट्टन दास, तान्जिद हसन, नजमुल हुसेन शान्तो, मेहदी हसन मिराज, शकिब अल हसन, मुशफिकुर रहिम, तौहिद हृदोय, महमुदुल्लाह, तस्किन अहमद, शोरिफुल इस्लाम, मुस्ताफिजुर रहमान।
न्युजिल्यान्डको प्लेइंग ११ :
डेभन कोनवे, रचिन रविन्द्र, केन विलियम्सन, डेरिल मिचेल, टम लाथम, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, मिचेल सान्टनर, म्याट हेनरी, लोकी फर्गुसन, ट्रेन्ट बोल्ट।
असोज २६, २०८० शुक्रबार १४:०८:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।