एमसीसी परियोजना अन्तर्गत ४ सय केभी प्रसारण लाइनका सबै ठेक्का रद्द
काठमाडौं : मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत बन्ने भनिएका तीन वटै प्रसारण लाइनका ठेक्का रद्द भएका छन्।
मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रवार एक सूचना जारी गर्दै लागत अनुमानभन्दा बढी रकम राखेर टेण्डर आह्वान भएको भन्दै तीन वटै प्रसारण लाईनका ठेक्का रद्द गरेको जनाएको छ।
एमसीए नेपालले ३ सय १५ किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माणका ३ वटा समूहमा विभाजन गरेर ठेक्का निकालेको थियो।
यी प्रसारणलाइनको लागत २२ करोड ६ लाख अमेरिकी डलर पर्ने अनुमान गरिएको छ। तर, ठेक्कामा न्यूनतम प्रस्ताव नै ६६ प्रतिशतभन्दा बढी अर्थात् ३६ करोड ५९ अमेरिकी डलरको परेको थियो।
एमसीएले लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा प्रसारण लाइन, रातमाटे–न्यू दमौली प्रसारण लाईन र न्यू दमौली-न्यू बुटवल नेपाल-भारत सिमा प्रसारण लाइनको टेन्डर रद्द गरेको जनाएको छ।
बढी लागत अनुमानको टेण्डर परेकोले हालको टेन्डर रद्द एमसीएले जनाएको छ।
असोज २६, २०८० शुक्रबार १३:१७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।