खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक

खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक

काठमाडौं : मोरङ क्षेत्र नं १ का सांसद तथा नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ।

जिल्लाको लेटाङ-६ गुवाबारी निवासी लिम्बूकी आमा हंसनुमा लिम्बूको एक सय एक वर्षको उमेरमा आज बिहान आफ्नै निवास निधन भएको हो। 

सात छोरा र पाँच छोरी रहेकी हंसनुमा कान्छा छोरा मन्त्री लिम्बूसँगै बस्दै आएकी थिइन्।

उनको पार्थिव शरीरलाई धार्मिक संस्कारअनुसार आज दिउँसो लेटाङ घाटमा अन्तिम दाहसंस्कार गरिने नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमिति सचिव ललितबहादुर श्रेष्ठले जानकारी दिए। 

असोज २६, २०८० शुक्रबार १२:००:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।