कोशीको मुख्यमन्त्रीमा कसैको पक्ष नलिने राप्रपाको निर्णय, कांग्रेसका  कार्कीको सम्भावना बढ्यो

कोशीको मुख्यमन्त्रीमा कसैको पक्ष नलिने राप्रपाको निर्णय, कांग्रेसका  कार्कीको सम्भावना बढ्यो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेशको मुख्यमन्त्रीमा कसैको पक्ष नलिने निर्णय गरेको छ। 

शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले पार्टीको समर्थन कसैलाई पनि आवश्यक नपरेकाले अहिले तटस्थ बस्ने निर्णय लिएको राप्रपाका प्रवक्ता मोहन क्षेष्ठले बताए। 

कोशीको नयाँ मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका केदार कार्की र माओवादी केन्द्रका इन्द्र आङ्बोले दाबी पेश गरेका छन्। 

काङ्ग्रेसका कार्कीले काङ्ग्रेसका ९ र एमालेका ३९ सहित कुल ४८ सांसदकाे समर्थनमा दाबी पेश गरेका छन् भने आङ्बोले गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेसका २९, माओवादीका १३,  समाजवादीका ३ र जसपाका १ सहित ४६ सांसदको हस्तारक्षर बुझाएका छन्।

९३ सदस्यीय प्रदेशसभा रहेको कोशीमा मुख्यमन्त्रीको लागि दाबी गर्न ४७ प्रदेशसभा सदस्य आवश्यक पर्छन्।  कार्कीको समर्थनमा एमालेका ३९ र कांग्रेसका ९ जना गरेर ४८ जना प्रदेशसभा सदस्य देखिएका छन्।

संविधान र सर्वोच्चको फैसला अनुसार काङ्ग्रेसका कार्की कोशीको नँया मुख्यमन्त्री बन्ने सम्भावना बलियो देखिन्छ। 

असोज २६, २०८० शुक्रबार ११:३२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।