अनुसन्धान अधिकृत बुढाथोकीको शैक्षिक प्रमाणपत्र नक्कली

अनुसन्धान अधिकृत बुढाथोकीको शैक्षिक प्रमाणपत्र नक्कली
फाईल फोटो

काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सार्वजनिक पदको लाभ लिएको  आरोपमा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय प्युठानमा अनुसन्धान अधिकृत पदमा कार्यरत सज्जनबहादुर बुढाथोकीविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

बुढाथोकीको शैक्षिक प्रमाणपत्र छानविन गरि पाँउ भनि अख्तियारमा परेको निवेदनमा छानविन गर्ने क्रममा बुढाथोकीले माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश, इलाहाबाद, भारतबाट इन्टरमिडिएट तहको नक्कली सर्टिफिकेट पेश गरेको खुल्न आएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन्।

बुढाथोकीले नक्कली सर्टिफिकेट पेश गरी राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षक पदमा सुरुमा नियुक्ती भई बरिष्ठ अनुसन्धान सहायक र अनुसन्धान अधिकृत पदमा समेत बढुवा भइ गैरसरकारी लाभ तथा सुविधा लिएको अभियोग अख्तियारले लगाएको छ।

अख्तियारले बिहीबार बुढाथोकीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो। 

बुढाथोकीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिमको सजाय मागदाबी गर्दै बिशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवत्ता दाहालले जानकारी दिए। 

असोज २६, २०८० शुक्रबार १०:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।