नेपालगन्जको बीपी चोकमा आगलागी, सातवटा पसलमा क्षति

नेपालगन्जको बीपी चोकमा आगलागी, सातवटा पसलमा क्षति

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका स्थित वीपी चोकमा आज (शुक्रबार) बिहान आगलागी हुँदा सात वटा पसलमा क्षति भएको छ।

विद्युत चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचर लगायतका पसलमा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले पसलका सामान अधिकांश जलेर नष्ट भएको र क्षतिको विवरण सङ्कलन हुँदै गरेको बताए।

नेपालगन्ज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खडकाले आगो नियन्त्रणमा लिन दुई घण्टा लागेको बताए।

आगो निभाउन उपमहानगरपालिकाको तीन र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो। 

असोज २६, २०८० शुक्रबार १०:४८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।