मंगलबार १२ फागुन, २०८२
युरो कप छनोटमा स्कटल्याण्डलाई पहिलो हार चखायो स्पेनले
एजेन्सी : युरो कप छनोटमा स्पेनले चौथो जित हात पारेको छ। गए राति भएको खेलमा स्पेनले स्कटल्याण्डलाई २–० गोल अन्तरले पराजित हरायो।
घरेलु मैदानमा पहिलो हाफमा गोल गर्न नसकेको स्पेनका लागि ७३ औं मिनेटमा मोराटाले खाता खोलेका थिए। यसपछि ८६ औं मिनेटमा सानसेटले गोल गर्दै स्पेनको २–० को जित पक्का गरे।
समूह ए मा स्पेन ५ खेलबाट १२ अंकसहित दोस्रो स्थानमा छ। छनोटमा पहिलो हार भोगेको स्कटल्याण्ड ६ खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ।
असोज २६, २०८० शुक्रबार ०९:३०:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।