तेस्रो मिनेटको एक गोल नै अर्जेन्टिनालाई खेल जित्न पर्याप्त
एजेन्सी : विश्वकप विजेता अर्जेन्टिनाले सन् २०२६ को विश्वकपको छनोट खेलमा लगातार तेस्रो जित हात पारेको छ।
शुक्रबार बिहान भएको दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १-० ले हरायो।
घरेलु मैदानमा अर्जेन्टिनाको जितमा निकोलस ओटामेन्डीले गरेको एक मात्र गोल नै निर्णायक बन्यो। उनले खेलको तेस्रो मिनेटमा नै गोल गरेका थिए।
यस जितसँगै अर्जेन्टिना लगातार ३ खेल जित्दै ९ अंक जोडेर दक्षिण अमेरिकी समूहमा शीर्षस्थानमा रहेको छ।
असोज २६, २०८० शुक्रबार ०८:५९:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।