सन्दीपले फिर्ता लिए नेपाली टिमबाट आफ्नो नाम, आगामी प्रतियोगिता नखेल्ने

सन्दीपले फिर्ता लिए नेपाली टिमबाट आफ्नो नाम, आगामी प्रतियोगिता नखेल्ने

काठमाडौं : स्टार  स्पिनर सन्दीप लामिछानेले राष्ट्रिय क्रिकेट टिमबाट आफ्नो नाम फिर्ता लिएका छन्। उनले सामाजिक सञ्जालमार्फत नाम फिर्ताको घोषणा गर्दै आगामी प्रतियोगिता नखेल्ने जनाएका छन्।

सन्दीपले आफू कठिन समयबाट गुज्रिरहेकाले केही समय परिवारको साथ चाहेको बताएका छन्।

नेपालले अर्को सातादेखी घरेलु मैदानमा नै  हङकङ र यूएईसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्दैछ। यसपछि नेपालले महत्वपूर्ण प्रतियोगिताको रुपमा काठमाडौंमा नै टी-२० विश्वकप छनोट प्रतियोगिता खेल्दैछ।

यो छनोटमा सन्दीपको अभाव नेपाली टिममा हुने पक्का छ। गत वर्ष नाबालक बलात्कार आरोप लागेका सन्दीपको मुद्दाको फैसला अझै भएको छैन।

असोज २६, २०८० शुक्रबार ०८:४७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।