उकेरा टप फाइभ : बुढानीलकण्ठ विद्यालयमा प्रधानाध्यापकको कीर्तेदेखि कलाकार मदनदासको हिजोका कुरासम्म

उकेरा टप फाइभ : बुढानीलकण्ठ विद्यालयमा प्रधानाध्यापकको कीर्तेदेखि कलाकार मदनदासको हिजोका कुरासम्म

काठमाडौं : बिहीबार प्रतिनिधि सभाको बैठक बस्यो। बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको अतिक्रमित क्षेत्र कुञ्जी र पार्वती कुण्डमा भ्रमण गरेको विषयमा प्रतिपक्षी दलले सरकारलाई प्रश्न गर्यो।

बिहीबार नै सत्ता गठबन्धनका दलहरूले कोशी प्रदेशको नेतृत्व माओवादीले गर्ने निर्णय गर्यो। दलका नेताहरूले एक विज्ञप्ति निकालेर माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गर्यो।

अतिवादी संगठन हसमाले इजरायलमा आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीहरूलाई देश फर्कायो। बिहीबार अपरान्ह नेपाल एयरलाइन्सको जहाजले २५३ नेपाली लिएर स्वदेश फर्किए।

१९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटमा बिहीबार नै नेपालले इरानलाई पराजित गर्यो। यस्तै विश्वकप फुटबलको एसिया छनोटमा नेपाल र लाओसबीचको खेल १-१ गोलको बराबरी भयो।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले बिहीबार बिहान बुढानीलकण्ठ विद्यालयमा विद्यार्थी भर्ना गर्दा प्रधानाध्यापक होमनाथ आचार्यले किर्ते गरेको प्रमाणित हुँदा पनि उनीमाथि कारबाही नभएको समाचार लेख्यो। आचार्यले भर्ना परीक्षामा नाम निस्किएका दुई जना विद्यार्थीको सट्टा अर्कै विद्यार्थीलाई भर्ना गरेको आन्तरिक अनुसन्धानमा पुष्टि भइसकेको छ।
पूरा समाचारः बुढानीलकण्ठ स्कुलको किर्ते भर्ना काण्डमा प्रधानाध्यापकलाई उन्मुक्ति, शिक्षा सचिव मौन!

दिउँसो उकेराले हेमन्त मल्लको नियमित स्तम्भ ब्याच नम्बर ६९ प्रकाशित गर्यो। जसमा उनले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्याको अनुसन्धानको श्रृंखलालाई जारी राखेका छन्। उनले दुई वर्ष सात महिनामा अनुसन्धान टुंगोमा पुर्याएको उल्लेख गरेका छन्।
पूरा समाचारः ब्याच नम्बर ६९ः न्यायाधीश मार्ने पेस्तोल ललितपुर प्रहरीमा थन्किएर बस्या रैछ, सीआईबी प्रमाण खोज्याखोज्यै

दिउँसो उकेराले इजरायलबाट उद्धारको पर्खाइमा रहेका २ सय ५३ नेपाली विद्यार्थी  लिएर नेपाल एयरलाइन्सको जहाज उडेको समाचार लेख्यो। इजरायलको तेलअवीव अन्तरराष्ट्रिय विमानस्थलबाट नेपाली समय अनुसार साँझ ५ बजे विमान काठमाडौंका लागि प्रस्थान गरेको हो।
पूरा समाचारः २ सय ५३ नेपाली लिएर इजरायलबाट उड्यो एयरलाइन्सको जहाज

अपरान्ह उकेराले कोशी प्रदेश सरकारको नेतृत्व  माओवादी केन्द्रले गर्ने सत्ता गठबन्धनले निर्णय गरेको समाचार लेख्यो। बिहीबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङबोलाई अघि सार्ने निर्णय गरेको हो।
पूरा समाचारः राप्रपाले ‘ग्रीन सिग्नल’ दिएपछि कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङबोलाई अघि सार्ने गठबन्धनको निर्णय

नियमित स्तम्भमा उकेराले नाटक, रेडियो नाटक हुँदै चलचित्रमा अभिनय गरेका कलाकार मदनदास श्रेष्ठको हिजोका कुरा प्रस्तुत गर्यो। वि.सं. २००५ सालमा दोलखामा जन्मिएका उनले व्यक्तिगत र व्यावसायिक जीवनको बारेमा उकेरासँग आफ्ना अनुभव साटे।
पूरा समाचारः कलाकार मदनदास श्रेष्ठको हिजोका कुराः बुवाले अधिकृतै भएस् भन्नुहुन्थ्यो, त्यो पनि भन्सार वा मालपोतमा

असोज २५, २०८० बिहीबार २२:११:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।