रियालिटी शो ‘द डान्स योद्धा : ब्याटल अफ मुभ्स’को घोषणा, छैन भोटिङ सिस्टम

रियालिटी शो ‘द डान्स योद्धा : ब्याटल अफ मुभ्स’को घोषणा, छैन भोटिङ सिस्टम

काठमाडौं : टेलिभिजन रियालिटी शो ‘द डान्स योद्धा : ब्याटल अफ मुभ्स’को घोषणा भएको छ।

बिहीबार नयाँ बानेश्वर थापा गाउँमा आयोजित कार्यक्रमका बीच रियालिटी शोको औपचारिक घोषणा गरिएको हो। शुभम् भुजेलले यो रियालिटी शोलाई निर्देशन गर्दैछन्।

निर्देशक भुजेलले शोको पहिलो चरणको डिजिटल अडिसनको काम भइरहेको बताए।  उनका अनुसार मंसिर पहिलो हप्तापछि यो रियालिटी शोको सेमिफाइनल राउन्डको सुरूवात हुनेछ। यही राउण्डबाट शो टेलिभिजनमा समेत प्रसारण हुनेछ।

निर्देशक भुजेलले रियालिटी शोमा भोटिङ सिस्टम नै नराखेको बताए।

उनले भने, ‘अन्य शोहरू भोटिङका कारण निकै विवादिन बनेकाले पनि हामीले भोटिङ सिस्टम हटायौँ। विवादरहित शो बनाउनुका साथै जित्नैपर्ने प्रतिभाले जितोस् भन्ने हाम्रो  चाहना हो।’

यो रियालिटी शोको निर्णायकमा कोरियोग्राफर गम्भीर विष्ट, अभिनेत्री वर्षा राउत र वाइल्ड रिपर्ज क्रिउका सुरेन राई रहेका छन्।

अभिनेत्री राउतले आफू नृत्यका विषयमा धेरै कुरा सिक्दै र सिकाउँदै जाने भएकाले यो शोको निर्णायक बन्ने चुनौती स्वीकार गरेको बताइन्।

डेढ महिना चल्ने रियालिटी शो अवधिभर प्रतिस्पर्धीलाई विभिन्न गिफ्ट ह्याम्पर अनि विजेतालाई आकर्षक पुरस्कार राशीका साथै करियर विकासका लागि विभिन्न अवसर समेत प्रदान गरिनेछ।

असोज २५, २०८० बिहीबार २१:२३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।