इजरायलद्वारा सिरियामा आक्रमण, दमास्कस र एलेप्पोको एयरपोर्टमा बमबारी

इजरायलद्वारा सिरियामा आक्रमण, दमास्कस र एलेप्पोको एयरपोर्टमा बमबारी

एजेन्सी : इजरायलले सिरियाको राजधानी दमास्कस र अलेप्पो सहरका विमानस्थललाई निशाना बनाएर आक्रमण गरेको छ।

सिरियाको सरकारी समाचार एजेन्सी ‘साना’का अनुसार एयरपोर्टको अवतरण क्षेत्रमा मिसाइलले क्षति पुगेका कारण त्यहाँकाे सेवा नै बन्द गरिएको छ।

स्थानीय मिडियाका अनुसार सिरियाली एयर डिफेन्सले आक्रमणको जवाफमा कारबाही सुरू गरेको छ।

बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर)ले एलेप्पोमा धेरै विस्फोटको आवाज सुनिएको बताएको छ।

इरानका विदेशमन्त्रीको सिरिया भ्रमणको एक दिनअघि इजरायलले यो हमला गरेको हो।

सिरिया र इरान दुवै इजरायलका शत्रु राष्ट्र हुन्। इरानले लामो समयदेखि हमासलाई समर्थन गर्दै आएको छ।

इजरायलले सिरियामा इरानसँग सम्बन्धित लक्ष्यहरूलाई निशाना बनाउँदै आएको छ।

असोज २५, २०८० बिहीबार २०:१२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।