अञ्जनको गाेलबाट विश्वकप छनोटमा लाओ‌ससँग नेपालको बराबरी

अञ्जनको गाेलबाट विश्वकप छनोटमा लाओ‌ससँग नेपालको बराबरी

काठमाडौं : सन् २०२६ को फिफा विश्वकपको एसिया छनोटअन्तर्गतको खेलमा नेपालले लाओसविरुद्ध गोल गर्दै खेललाई बराबरीमा ल्याएको छ।

काठमाडौंको दशरथ रंगशालामा भएको खेलको खेलको ४७औं मिनेटमा अञ्जन विष्टले गोल गरेसँगै नेपाल र लाओसबीचको खेल बराबरीमा पुगेको हो।

फ्रिकिकबाट आएको बललाई अञ्जनले हेडमार्फत गोल गरे।

अञ्जन विष्टले नेपालका लागि अन्तर्राष्ट्रिय खेलमा १३औं गोल गरेका हुन्। योसँगै उनी नेपालका लागि सर्वाधिक गोल गर्ने हरि खड्का र निराजन रायमाझीसँग कीर्तिमान बराबरी गरेका छन्।

खड्का र रायमाझीले अन्तर्राष्ट्रिय फुटबलमा १३ गोल गरेका थिए। उनीहरू दुवैले अन्तर्राष्ट्रिय खेलकुदबाट सन्यास लिइसकेका छन्।

त्यसअघि ३३औं मिनेटमा लाओसका कप्तान बोलोपछान बोनकोङले गोल गरेका थिए।

उनले नेपालका दुई डिफेन्डर अनन्त तामाङ र रोहित चन्दलाई छक्याउँदै फर्स्टबारमा प्रहार गर्दै गोल गरेका थिए।

यो विश्वकप फुटबलको एसिया छनोटको पहिलो राउन्ड हो। पहिलो राउन्डमा दुई खेल हुनेछ। आज भइरहेको खेल पहिलो खेल हो।

दोस्रो खेल १७ अक्टोबरमा लाओसको न्यू लाओस फुटबल स्टेडियममा हुनेछ।

असोज २५, २०८० बिहीबार १८:४९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।