विश्वकप छनोटमा नेपालविरुद्ध लाओसको अग्रता
काठमाडौं : सन् २०२६ को फिफा विश्वकपको एसिया छनोटअन्तर्गतको खेलमा नेपालविरुद्ध लाओसले अग्रता बनाएको छ।
काठमाडौंको दशरथ रंगशालामा भएको खेलको ३३औं मिनेटमा लाओसका कप्तान बोलोपछान बोनकोङले गोल गरे।
उनले नेपालका दुई डिफेन्डर अनन्त तामाङ र रोहित चन्दलाई बिट गर्दै फर्स्टबारमा प्रहार गर्दै गोल गरे।
यो विश्वकप फुटबलको एसिया छनोटको पहिलो राउन्ड हो। पहिलो राउन्डमा दुई खेल हुनेछ। आज भइरहेको खेल पहिलो खेल हो।
दोस्रो खेल १७ अक्टोबरमा लाओसको न्यू लाओस स्टेडियममा हुनेछ।
असोज २५, २०८० बिहीबार १८:१५:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।