इजरायलमा हमासको आक्रमणपछि वेपत्ता विपिन जोशीको अवस्था अझै अज्ञात

इजरायलमा हमासको आक्रमणपछि वेपत्ता विपिन जोशीको अवस्था अझै अज्ञात
फाईल फोटो

काठमाडौं : इजरायलमा प्यालेस्टाइन समूह हमासको आक्रमण पछि सम्पर्कविहिन भएका कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात रहेको इजरायलस्थित नेपाली दुतावासले जनाएको छ। 

वेपत्ता जोशीको ठेगाना पत्ता लगाउने प्रयास भइरहेको बताउँदै दुतावासले उनी वेपत्ता भएको मुद्दा इजरायली प्रहरीले दर्ता गरेको जनाएको छ। 

नेपाली दुतावासले जोशी बस्दै आएको ठाउँबाट डिएनए नमूना लिनका लागि समन्वय गरिरहेको समेत बताएको छ। 

त्यस्तै, प्यालेस्टाइन समूह हमासको आतंककारी आक्रमणमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शव स्वदेश फिर्ता ल्याउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको दुतावासको भनाई छ।  दुतावासका अनुसार एक सय ४० जनाले अहिले आफू सुरक्षित रहेको बताएका छन्। 

तीन सय २४ जनामध्ये  दुई सय ८८ जनाले नेपाल फर्किन चाहेको बताउँदै २ सय ५३ जना विद्यार्थी स्वदेश फर्किएको दुतावासले जनाएको छ। 

असोज २५, २०८० बिहीबार १८:०३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।