२ सय ५३ नेपाली लिएर इजरायलबाट उड्यो एयरलाइन्सको जहाज

२ सय ५३ नेपाली लिएर इजरायलबाट उड्यो एयरलाइन्सको जहाज

काठमाडौं : इजरायलबाट उद्धारको पर्खाइमा रहेका २ सय ५३ नेपाली विद्यार्थी  लिएर नेपाल एयरलाइन्सको जहाज उडेको छ। 

इजरायलको तेलअभिभ अन्तरराष्ट्रिय विमानस्थलबाट नेपाली समय अनुसार साँझ ५ बजे विमान काठमाडौंका लागि प्रस्थान गरेको हो।

 

विमान शुक्रबार बिहान साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्री एनपी साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले बताए। 

हमासको आतंककारी आक्रमणमा परि १० नेपाली विद्यार्थीको मृत्यु भएको छ भने एक जना अझै वेपत्ता छन्। 

इजरायलको बंकरमा कष्टकर जिवन बिताइरहेका नेपाली विद्यार्थीहरु लिन  नारायण प्रकाश साउद आफैं बिहिबार बिहान नेपाल वायु सेवा निगमको जहाज लिएर त्यतर्फ गएका थिए। 

असोज २५, २०८० बिहीबार १७:३४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।