आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सरकारद्धारा समिति गठन

आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सरकारद्धारा समिति गठन
फाईल फोटो

काठमाडौं : संघीय निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन नभएको भन्दै गत असोज १५ गतेदेखि आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ। 

सरकारले वार्ताका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरेकाे हाे।

वार्ताका लागि स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति र कर्मचारी ट्रेड युनियनहरुका बढीमा पाँच/पाँच जना प्रतिनिधि बस्न पाउनेगरी तयारी गरेको बताइएको छ। 

ऐनमा असन्तुष्ट स्थानीय तहका कर्मचारीहरुले  गत असोज १९ गतेदेखि अनिश्चितकालिन पेन डाउन गरेको छन्।  दशैंको मुखमा पेन डाउन गरेर कर्मचारीहरु आन्दोलित भएपछि स्थानिय तहरुका कामकाज प्रभावित भएका छन्। 

असोज २५, २०८० बिहीबार १६:१५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।