२० अङ्कले घट्यो नेप्से, १ अर्ब ७० करोड रुपैयाँको कारोबार

२० अङ्कले घट्यो नेप्से, १ अर्ब ७० करोड रुपैयाँको कारोबार

काठमाडौं : शेयर बजार परिसुचक नेप्से आज (बिहीवार)  दोहोरो अङ्कले घटेर राताम्मे भएको छ। 

नेप्से आज २० दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ७४ दशमलव ६० विन्दुमा झरेर बन्द भएको हो।

कारोबारको यसदिन  म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा होटल र जलविद्युत् समूहको शेयर उच्च अङ्कले घटेको छ। 

आज सबैभन्दा धेरै सिटी होटलको शेयर नौ प्रतिशत तथा बाराही हाइड्रो र बलेफी हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ। 

समग्रमा बजार राताम्मे भएको दिन आज भगवती हाइड्रो, मध्य सोलु हाइड्रो र हाथवे इन्भेस्टमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।

आज ७५ लाख ५८ हजार कित्ता शेयर एक अर्ब ७० करोड रुपैयाँमा कारोबार भएका छन्। 

असोज २५, २०८० बिहीबार १५:५८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।