काठमाडौंमा प्रहरीले चलाएकाे गोली लागेर एक जना घाइते

काठमाडौंमा प्रहरीले चलाएकाे गोली लागेर एक जना घाइते

काठमाडौं : लुटेराहरुलाई पक्राउ गर्न प्रहरीले काठमाडौंको बौद्धमा गोली चलाएको छ।

बौद्धमा लुटेराहरु लुट्न आएको भन्ने सुचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीले बिहिबार दिउँसो दुई राउण्ड गोली प्रहार गरेको हो।

प्रहरीको गोली लागेर सिन्धुली कमलामाई नगरपालिका-२ का ३६ वर्षीय अमर घलान  घाइते भएका छन्। उनकाे दाहिने खुट्टामा गाेली लागेकाे थियाे। उनको जोरपाटीस्थित एनएमसी अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै, जितेन लामा र शान्ता लामालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

‘लुटेराहरू लुट्न आउँदैछन् भन्ने सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो। प्रहरीलाई देखेर उनीहरूले पेस्तोल ताकेपछि हामीले उनीहरूलाई नियन्त्रणमा लिन गोली चलाएका हौं,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले भने।

 घटनाबारे थप अनुसन्धान भइरहेको रेग्मीले बताए।

असोज २५, २०८० बिहीबार १४:३०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।