१४ वर्षीया बालिका चार दिनसम्म बलात्कृत, एक जना पक्राउ

१४ वर्षीया बालिका चार दिनसम्म बलात्कृत, एक जना पक्राउ

ललितपुर : १४ वर्षीया बालिका बलात्कारको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने काभ्रे पनौती घर भएका २८ वर्षीय दीपक लामा रहेका छन्। उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

लामाले ती बालिकालाई असोज २० गतेदेखि २३ गतेसम्म पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो।

सोही उजुरीको आधारमा प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

असोज २५, २०८० बिहीबार १४:२७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।