काठमाडौंका १६ ठाउँमा एक सातासम्म विद्युत् सेवा प्रभावित हुने

काठमाडौंका १६ ठाउँमा एक सातासम्म विद्युत् सेवा प्रभावित हुने

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले लौनचौरस्थित सबस्टेसन स्तरोन्नति गर्न लागेकोले उपत्यकाभित्रका केही क्षेत्रहरुमा विद्युत सेवा प्रभावित हुने जनाएको छ।

काठमाडौं ग्रिड महाशाखा अन्तर्गतको लैनचौरस्थित ६६/११ के.भी. सबस्टेसन स्तरोन्नतिका लागि उक्त सबस्टेसनबाट सञ्चालित विभिन्न १६ ठाउँमा विद्युत सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका अनुसार सामाखुशी, ठमेल, किंग्सवे, लाजिम्पाट र पानीपोखरी क्षेत्रमा विद्युत आपूर्ति गर्न भृकुटीमण्डप, कमलपोखरी, डिल्लीबजार, क्षेत्रपाटी, असन, महाबौद्ध, न्युरोड, पुतलीसडक, गोंगबु, रानीबारी र बालुवाटार क्षेत्रबाट वैकल्पिक व्यवस्था गरिएका कारण यी स्थानमा असोज २४ गतेदेखि कात्तिक ४ गतेसम्म विद्युत सेवा प्रभावित हुने छ।

असोज २५, २०८० बिहीबार १४:०९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।