रास्वपामा राणा साशन अन्त्य भयो, अन्य दलहरूमा कायमै छ : रवि लामिछाने

रास्वपामा राणा साशन अन्त्य भयो, अन्य दलहरूमा कायमै छ : रवि लामिछाने
फाईल फोटो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रास्वपा बाहेकका राजनीतिक दलहरूमा अझै पनि राणा शासन कायम रहेको बताएका छन् । 

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली सङ्घले संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले रास्वपा बाहेकका दलहरूमा राणा शासनमा जस्तै चाकडी र चाप्लुसीको आधारमा मान्छे छान्ने प्रम्परा कायमै रहेको बताए।

फरक प्रसंगमा बोल्दै उनले शेरबहादुर देउवा, केपी शर्मा ओली पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चिनजान भएपछि चिट्ठा पर्ने गरेको टिप्पणी गरे। 

लामिछानेले आफ्नो पार्टीमा राणा शासनको अन्त्य भएको दावी गर्दै इजरायलस्थित नेपाली दूतावासले गैर आवासीय नेपालीहरूले जति पनि काम गर्न नसकेको बताए।

असोज २५, २०८० बिहीबार १३:३९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।