न्यायाधीश अभावका कारण सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

न्यायाधीश अभावका कारण सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ स्थगित भएको छ।

जिल्ला अदालत काठमाडौंले न्यायाधीश अभावको कारण देखाउँदै आजका लागि ताेकिएकाे मुद्दाको पेसी स्थगित गरेको हो।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार जिल्ला अदालतमा ३० जना न्यायाधीशमध्ये बिहीबार २१ जना मात्रै उपस्थित छन्।

उपस्थित नभएका ९ जनामध्ये ६ जना अन्य जिल्ला अदालतबाट सरुवा भएर हाजिर हुन आएका छैनन्। ३ जना न्यायाधीश भने बिदामा बसेका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछाने विरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

असोज २५, २०८० बिहीबार १३:०८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।