एमाले सुदूरपश्चिमको नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा कृष्णप्रसाद जैशी

एमाले सुदूरपश्चिमको नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा कृष्णप्रसाद जैशी

काठमाडौं : एमालको सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैसी सर्वसम्मत चयन भएका छन्। यस्तै अन्य पदाधिकारीहरु पनि निर्विरोध निर्वाचित भएका छन्।

सहमतिका लागि बाधक नबन्ने  भन्दै कमल तिमिल्सिना, भरत साउद र बचनबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएपछि जैसी अध्यक्ष मा निर्विरोध निर्वाचित भएका हुन्। 

यस्तै, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही यसअघि नै निर्विरोध भइसकेका थिए। सचिवमा रणबहादुर चन्द निर्विरोध चुनिएका छन्।
 
महिला उपसचिवमा भागिरथी विष्ट सर्वसम्मत भएकी छन्  भने  खुलातर्फ उपसचिवमा नरबहादुर बिक सर्वसम्मत भएका छन्। 

यसअघि लुम्बिनी, बागमती, कर्णाली, कोशी र गण्डकीको नयाँ नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन गरिएको थियो।  एमालेको मधेस प्रदेश प्रथम अधिवेशनमा भने नयाँ नेतृत्व चयनको प्रक्रिया आजबाट सुरु भएको छ। 

असोज २५, २०८० बिहीबार १२:२३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।