विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाको सामना गर्दै अष्ट्रेलिया

एजेन्सी : भारतमा जारी विश्वकप क्रिकेटमा (बिहीबार) आज अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ। लखनउमा हुने खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ।
पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित भएको सर्वाधिक पाँच पटकको विश्वकप विजेता अष्ट्रेलिया आजको खेल जित्दै पहिलो अंक लिने दाउमा छ।
लगातार दुई खेल हारेमा उसका लागि सेमिफाइनल प्रवेशको यात्रा निकै कठिन हुने पक्का छ। तर दक्षिण अफ्रिकालाई हराउन त्यति सजिलो छैन।
पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १ सय २ रनले हराएको थियो। जहाँ उसका तीन खेलाडीले शतक हान्दा ४ सय २८ रन बनेको थियो।
दुवै टिमको ब्याटिङ लाइनअप निकै राम्रो भएकाले खेल निकै रोमाञ्चक हुने अनुमान छ।
असोज २५, २०८० बिहीबार १२:२३:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।