गुण्डा नाइके ‘रिगल’लाई आममाफी दिने निर्णयविरुद्धको मुद्दामा सुनुवाइ हुँदै, न्यायाधिश श्रेष्ठसहितको पुर्ण इजलासमा पेसी

गुण्डा नाइके ‘रिगल’लाई आममाफी दिने निर्णयविरुद्धको मुद्दामा सुनुवाइ हुँदै, न्यायाधिश श्रेष्ठसहितको पुर्ण इजलासमा पेसी

काठमाडौं : खुँडा प्रहार गरी व्याक्ति हत्या गर्ने नेपालगञ्जका गुण्डा नाइके योगराज ढकाल ‘रिगल’ को कैद मिनाहाविरुद्ध सर्वोच्चमा दायर रिटमा आज सुनुवाइ हुँदैछ।

रिगलले खुँडा प्रहार गरी हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले दायर गरेको रिटमाथि न्यायाधिशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पुर्ण इजलासमा पेसी तोकिएको छ। 
  
यसअघि गत बिहीबार सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको इजलासले सरकारसँग लिखित जवाफ माग्नुका साथै राष्ट्रपति कार्यालयबाट भएको आममाफीको सम्पूर्ण सक्कल फाइल मगाएको थियो।  

कानुन व्यवसायीहरूले राज्यले कैद मिनाहा कसका लागि र कसरी दिनसक्ने भन्ने प्रसङ्ग उल्लेख गर्दै कैद मिनाहा गर्ने राष्ट्रपतिको अधिकारमाथि नै प्रश्न उठाएका थिए। 

रिगलसहितको समूहले २०७२ असार २८ गते नेपालगन्जको सुर्खेत रोडस्थित व्यस्त बजार धम्बोझी चोकनजिक नेपालगन्ज उपमहानगरपालिका–८ का २९ वर्षीय चेतनको खुँडा प्रहार गरी हत्या गरेको थियो। 

त्यतिबेला उनी नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति थिए।

असोज २५, २०८० बिहीबार ११:१५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।