महासंघले मुलुकको अर्थतन्त्रलाई उठाउने चासो र चिन्ताका कार्यक्रमहरु गर्दैछ : अध्यक्ष ढकाल
काठमाडौं : उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा आर्थिक संकट प्रष्ट रुपमा देखिएको बताएका छन्।
बिहिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नेपाल सरकारसहित सबै सरोकारवालाहरूसंगको बृहत आर्थिक बहस कार्यक्रममा बोल्दै उनले आफूले महासंघको नेतृत्व सम्हालेको ६ महिना पुरा हुँदैगर्दा व्यवसायीसँगै मुलुकको अर्थतन्त्रलाई उठाउने चासो र चिन्ताका कार्यक्रमहरु गरिरहेको बताए।
उनले भने, ‘महासंघ ७७ वटै जिल्लामा पुगेको छ र यो परिवारका सदस्य करिब ६ लाख पुगेका छन्। उहाँहरुको आशा र भरोसालाई हामीले अगाडि बढाउनु छ। उहाँहरुको समृद्धि कुनै न कुनै रुपमा महासंघसंग जोडिएको छ।’
आफूले नेतृत्वमा आउँदै गर्दा निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरि राष्ट्रियसभाले विधेयक पारित गरेको भएपनि यो व्यवस्था रोकिएको भन्दै उनले निजी क्षेत्रलाई फेरि हतोत्साहीत बनाएको बताए।
नेपालका सबै बहुराष्ट्रिय कम्पनीहरुले राम्रो मुनाफा कमाइ रहेको भएपनि नयाँ लगानी नआएको उनको तर्क थियो।
उनका अनुसार सरकारी ढिलासुस्ती लगानी नआउनुको मुख्य कारण बनेको छ।
‘कतै हाम्रो कार्य प्रणाली भित्र पनि विदेशीले यस्तै अप्ठेरो देखेका त छैनन्? सम्माननीय प्रधानमन्त्रीज्यू यदि त्यसो हो भने सुधार आवश्यक छ,’ उनले भने।
नेसनल व्युरो अफ इकोनोमिक रिसर्चका अनुसार लामो समयसम्म आर्थिक गतिविधि सुस्तताका कारण पनि हुनुपनि आर्थिक मन्दी भएको उनले बताए।
डेढ बर्षदेखि सुस्ताएको अर्थतन्त्रमामन्दी गहिरिँदै सम्झिदै ढकालले मन्दीलाई सम्बोधन गर्ने बिषय बजेटमा अपेक्षाकृत रुपमा नसमेटिएको बताए।
निजि क्षेत्रबाट धेरैले रोजगारी पाएको स्मरण गराउँदै उनले भने, ‘निजी क्षेत्रमा करिब ६० लाखले रोजगारी पाएका छन्। ९५ प्रतिशत भन्दा बढि निर्यात निजी क्षेत्रको छ। ८० प्रतिशत भन्दा बढि राजश्व निजी क्षेत्र र सर्वसाधारणले बुझाउने गरेका छन्। हामीलाई आशा थियो यति ठूलो योगदान गरेको निजी क्षेत्रका प्राय सबै संस्था एकै ठाउँमा आएर दिएको सुझाव कार्यान्वयन हुन्छ। तर भएन।’
असोज २५, २०८० बिहीबार १०:५३:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।