चितवनमा एउटा पोथी गैँडा मृत भेटियो

चितवनमा एउटा पोथी गैँडा मृत भेटियो
फाइल फोटो

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ। निकुञ्जको खोरीया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको हो। 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको जानकारी दिए। उनका अनुसार जुधेर गैँडा मरेको हो। 

चालु आर्थिक वर्षमा चितवनमा पाँच गैँडा मरेका छन्।

असोज २५, २०८० बिहीबार ०९:२२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।