बझाङमा फेरि गयो भूकम्प

बझाङमा फेरि गयो भूकम्प

बझाङ : बझाङमा गएराति पुनः भूकम्पको धक्का महसुस गरिएको छ।  मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२:२२ बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको हो।

सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको भूकम्प गएको हो।

गत मंगलबार पनि भातेखोला केन्द्र बनाएर भूकम्प जाँदा एक जनाको निधन र  २० जना घाइते भएका थिए। साथै भौतिक संरचनामा क्षति समेत पुगेको थियो।

त्यसयता बझाङमा पटक-पटक भूकम्पको पराकम्प गएका छन्।

असोज २५, २०८० बिहीबार ०८:२७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।