भारतमा सुपारी निकासी खोल्न आरजुको चासो, तीन संसदीय समितिको बैठक बस्दै

भारतमा सुपारी निकासी खोल्न आरजुको चासो, तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ :  नेपालमा उत्पादित भन्दै तेस्रो देशबाट आयात गरिएको सुपारी भारत तस्करी हुनु नौलो हैन। नेपालमा उत्पादित कृषिजन्य सामाग्री सहिलियतसहित भारत निकासी हुने सुविधालाई तस्कर समूहले उपयोग गर्दै आएका छन्।

सुपारीसँगै मरीच र पाम तेलसम्म भारतमा तस्करी भएपछि निकासी रोकियो। मारमा परे नेपाली किसान।

संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले नेपाली सुपारी भारत निकासी गर्नका लागि पहल गर्ने भन्दै सुपारी निकासी खुलाउने तयारी गरेको छ। यो समितिको सभापति हुन् आरजु देउवा राणा।

बुधवार सिंहदरबारमा बसेको समितिको बैठकमा उनले सुपारी निकास खुलाउन अर्थ समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सहित संयुक्त बैठक बोलाउने बताइन्।

कृषि फार्मर्सहरुको एउटा अजेण्डा रहेछ। विक्री गर्न नपाएको कुरा रैछ। त्यसको लागि चैँ उद्योग समिति, अर्थ समिति र हामी कृषि समिति सँगै बस्नुपर्ने छ' समिति बैठकमा उनले भनिन्'इन्भेस्टमेन्ट मिलाउन पार्लियामेन्ट सेक्रेटरीलाई भनेको छु।'

उनले बैठकमा नेपाली किसानले १४ हजार मेट्रिक टन सुपारी उत्पादन गर्ने गरेको भन्दै निकासीलाई कसरी सहजीकरण गर्न सकिन्छ भनेर नीति जोइन्ट मिटिङमा राख्ने बताइन्।

तेस्रो देशबाट नेपालमा निर्यात गरेको सुपारीलाई नेपालमै उत्पादन भएको प्रमाण पत्र बनाएर भारत निकासी गर्नेक्रम बढेपछि
राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले २०७९ साउन १६ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई उत्पत्तिको प्रमाण पत्र जारी गर्दा डिएनए परीक्षणबाट नेपालमा उत्पादित भएको भनी प्रमाणित सुपारीलाई मात्र निर्यातको अनुमति दिन निर्देशन दिएको थियो।

नेपालमा भन्दा भारतमा सुपारीको प्रतिकिलोमै सय रुपैयाँबढि नाफा निस्कने भएपछि एक समूह तस्करीमा सक्रिय रहँदै आएको छ। मुख्यतः काँकडभिट्टा सुपारी तस्करीको मुख्य नाका हो।

झापामा रहेका नेपाल खेती सुपारी विकास संस्था र जिल्लातहको उद्योग वाणिज्य महासङ्घकै पदाधिकारी सक्रिय देखिँदै आएका छन्। सुपारी तस्करी घटाउन कर बढाए पनि भारतमा महँगोमा विक्री हुने भएकाले सुपारी तस्करी रोकिएको छैन।

भारतको सधैँ  आपत्ति
नेपाल-भारतविचको सहमति अनुसार नेपालमा उत्पादित कृषिजन्य सामान भारत निकासी गर्न पाइन्छ। तर तेस्रो देशबाट आयात गरिएका सामान भारत निकासी गर्न पाइँदैन।

तर नेपालमा इन्डोनेसिया अनि मलेसिया लगायतका देशबाट सुपारी ल्याएर मिलेमतोमा नेपाली उत्पत्ति प्रमाण पत्र बनाएर भारत लैजान्छन्।

नेपालको आँकडामा वार्षिक १४ हजार मेट्रिक टन उत्पादन हुन्छ। नेपालमा २५ हजार मेट्रिक टन सुपारी आयात गर्न पाइन्छ। तर ५० हजार टनसम्म सुपारी भारत निकासी भएको तथ्याङ्क देखिन्छ।

असोज २५, २०८० बिहीबार ०१:१६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।