नोयडामा आरुषीसँगै मारिएका हेमराज परिवारको गुनासो' आफ्नै सरकारले त हेरेन, भारतलाई के गाली गर्नु! (भिडियो रिपोर्ट)

नोयडामा आरुषीसँगै मारिएका हेमराज परिवारको गुनासो' आफ्नै सरकारले त हेरेन, भारतलाई के गाली गर्नु! (भिडियो रिपोर्ट)

काठमाडौँ : भारतको चर्चित आरुषी तलवार हत्या घटनामा नेपाली नागरिक हेमराज बन्जाडे पनि मारिए। पहिला हेमराजमाथि नै शङ्का गरियो। तर उनकै शव फेला परेपछि भने आरुषीको आमा नुपुर र बाबु राजेशमाथि अनुसन्धान भयो। हिरासतमा पनि पुगे।

भारतको सिबिआइको अनुसन्धानको आधारमा जेल पुगेका उनीहरुलाई इलाहावाद हाइकोर्टले रिहा गरेपछि सिबिआई उच्च अदालतमा पुनरावेदन गर्न गयो। हेमराजकी श्रीमतीको अपिललाई पनि संगै राखेर हेर्ने आदेश दियो।

सन् २००८ मा भएको घटनाको मुद्दा सन् २०१८ मा उच्च अदालत पुगेको थियो। हेमराजको तर्फबाट अपिल लिएको पाँच वर्ष भइसक्यो तर टुंगिएको छैन। 

पुनरावेदन चलिरहेको छ भारतको अदालतमा। नेपालमा हेमराजको श्रीमती अनि छोरा छन्। 

उनीहरू भारतीय अदालतबाट आफ्नो श्रीमान् अनि बाबुको हत्याराले सजाय पाएको सुन्न आतुर छन्। तर मुद्दा प्रक्रिया सुस्त छ। हेमराजकी श्रीमती दिक्क मान्दै भन्छिन्' हामीले नेपालीले भारतलाई के नै गर्न सक्छौँ र! हेमराज परिवारसँगको विशेष भिडियो रिपोर्ट :

२४ असोज, २०८०, ००:०९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।