इजरायलमा उपचाररत दुई नेपाली विद्यार्थी डिस्चार्ज

इजरायलमा उपचाररत दुई नेपाली विद्यार्थी डिस्चार्ज

काठमाडौं : प्यालेस्टाइन विद्रोही समूह ‘हमास’को आक्रमणमा परी घाइते भएर उपचाररत दुईजना नेपाली विद्यार्थी निको भएर डिस्चार्ज भएका छन्। 

बुधबार इजरायलमा रहेका नेपाली विद्यार्थीहरुको अवस्थाबारे जानकारी गराउँदै परराष्ट्रमन्त्रालयले उपचाररत चारजनामध्ये दुईजना विद्यार्थी डिस्चार्ज भएको जनाएको हो।  अन्य दुई जनाको उपचार भइरहेको बताएको छ। 

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरू दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा रहेकामध्ये १० जनाको हमासको आक्रमणमा परी निधन भएको छ।  

जसमध्ये ४ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको थियो। 

असोज २४, २०८० बुधबार १७:३८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।