सार्वजनिक लाभको पदमा बसेकाहरुको मानसिकताका कारण भ्रष्टाचार हुँदैछ : मन्त्री शर्मा

सार्वजनिक लाभको पदमा बसेकाहरुको मानसिकताका कारण भ्रष्टाचार हुँदैछ : मन्त्री शर्मा
फाईल फोटो

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचार रोक्न लाभको पदमा बसेका व्यक्तिको मानसिकता बदल्न आवश्यक रहेको बताएकी छन्।

बुधबार आज प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सार्वजनिक लाभको पदमा बसेका व्यक्तिहरूको मानसिकताका कारण भ्रष्टाचार भइरहेको बताइन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार रोक्ने नभई कारबाहीको दायरामा ल्याउने कुरामा सबै स्पष्ट हुनुपर्ने उनको भनाई थियो।

उनले मन्त्रिपरिषद्ले गर्ने सबै निर्णयहरूलाई नीतिगत निर्णयका रूपमा हेर्नु गलत भएको भन्दै यसलाई सच्याउनुपर्ने बताइन्। 

असोज २४, २०८० बुधबार १६:५८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।