एमाले मधेश प्रदेशको अधिवेशन सुरु, अध्यक्ष ओलीले गरे उद्घाटन

एमाले मधेश प्रदेशको अधिवेशन सुरु, अध्यक्ष ओलीले गरे उद्घाटन

काठमाडौं : एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन जनकपुरमा सुरु भएको छ।

जनकपुरको महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा सुरु भएको अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। उद्घाटन सत्रमा मधेशको मौलिक संस्कृति झल्किने झाँकी  समेत प्रस्तुत गरिएकाे थियाे।  

प्रदेश अध्यक्षका लागि लक्ष्मीनारायण यादव, ताराकान्त चौधरी, रेवती पन्त, राजकिशोर यादव, रामसिंह यादवको नाम चर्चामा छ। सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गरिने, सहमतिमा पुग्न नसके निर्वाचनबाट टुंगो लगाउने एमाले मधेश प्रदेश अध्यक्ष राम अवतार यादवले बताए।

अधिवेशनका लागि एक हजार २७ जना प्रतिनिधि छनोट भएका छन्। अधिवेशनले २१० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालेले जनाएको छ।

असोज २४, २०८० बुधबार १६:४५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।