अख्तियारको नियुक्तिमा दलगत हस्तक्षेप र भागबन्डा भयो : गगन थापा

अख्तियारको नियुक्तिमा दलगत हस्तक्षेप र भागबन्डा भयो : गगन थापा
फाईल फोटो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्तिमा संशोधन गर्न आवश्यक रहेको बताएका छन्।

बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले आयोगको नियुक्तिमा दलगत हस्तक्षेप र भागबन्डा बढी भएको बताए।

अदालतसमेत नियुक्तिका विषयमा मुछिएको बताउँदै आयोगको नियुक्तिको मापदण्ड नबदलिकन अपेक्षा गरेको परिणाम नआउने उनको तर्क थियो। 

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग संविधानबाट नै सिर्जना ग¥यौँ। आयोगलाई अधिकार र जिम्मेवारी पनि दियौँ। तर आयोगबाट अपेक्षाकृत परिणाम आएन। किनकि यसको जरामै समस्या छ’, उनले भने।  

असोज २४, २०८० बुधबार १६:३४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।