अध्यक्ष ओलीको स्वागतमा एमाले कार्यकर्ता धावनमार्गमै पुगेपछि सुरक्षा निकायलाई पत्र लेख्दै जनकपुर विमानस्थल

अध्यक्ष ओलीको स्वागतमा एमाले कार्यकर्ता धावनमार्गमै पुगेपछि सुरक्षा निकायलाई पत्र लेख्दै जनकपुर विमानस्थल

काठमाडौं : जनकपुर विमानस्थलले अनधिकृत व्यक्तिहरु धावनमार्गमै प्रवेश गरेर नियम मिचेको भन्दै सुरक्षा निकायलाई पत्र लेख्न लागेको बताएको छ। 

विमानस्थलका प्रमुख भीम दत्त पन्तले धावनमार्गमा अनधिकृत व्यक्तिहरु प्रवेश गरेको भन्दै सुरक्षा निकायलाई पत्र लेख्न लागेको जानकारी दिए।

एमाले मधेश प्रदेश अधिवेशन उद्घाटनका लागि अध्यक्ष ओली यति एयरलाइन्सको जहाजबाट बुधबार दिउँसो जनकपुर विमानस्थल पुगेका थिए।उनको स्वागतमा एमाले कार्यकर्ताहरु धावनमार्गमै पुगेका थिए।

अतिथिलाई स्वागत गर्न भीआईपी कक्ष र धावन मार्ग बाहिरै पाँचजना मात्र जान पाउने नियम भएपनि एमाले कार्यकर्ताले त्यो नियम मिचेको उनले बताए।

उक्त घटनाले हवाई सुरक्षाको उल्लंघन भएको भन्दै सुरक्षा निकायलाई पत्र लेख्न लागेको विमानस्थल प्रमुख पन्तले बताए।

असोज २४, २०८० बुधबार १५:३६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।