यौन दुर्व्यवहारको आराेपमा एमाले जुम्लाका उपाध्यक्ष शाहीविरुद्ध जाहेरी दर्ता

यौन दुर्व्यवहारको आराेपमा एमाले जुम्लाका उपाध्यक्ष शाहीविरुद्ध जाहेरी दर्ता

काठमाडौं : एमाले जुम्लाका उपाध्यक्ष सुरतबहादुर शाहीविरुद्ध यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै एक बालिकाले उजुरी दिएकी छन्।

मंगलबार बालिकाको आफन्तले जिल्ला प्रहरी कार्यालय जुम्लामा बालबालिका विरुद्धको कसुरमा जाहेरी दर्ता गराएका जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ। 

शाहीले बालिकालाई सामाजिक सञ्जाल म्यासेन्जर र टेलिफोनमार्फत यौन सम्पर्कका लागि पटक-पटक प्रस्ताव राख्ने, नाङ्गो तस्बिरहरु खिचेर पठाउन दवाव दिने गरेको जाहेरीमा उल्लेख छ।

काठमाडौं बस्ने गरेकी बालिका पटक पटक यौन दुव्यवहार भएपछि उजुरीका लागि जुम्ला पुगेको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार पीडित बालिका एमाले नेता शाही र उनका आफन्तबाट असुरक्षित देखिएपछि अड्डासार गरेर जुम्ला पुर्याइएको थियो।
 
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी प्रह्लाद कार्कीले शाहीविरुद्ध जाहेरी दर्ता गरिएको बताए।

असोज २४, २०८० बुधबार १५:१०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।