चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला

चितवन  : चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला परेको छ। 

निकुञ्जको खोरिया मुहानमा २५ वर्षको पोथी गैंडा मृत भेटिएको निकुञ्जका सुचना अधिकारी गणेश तिवारीले जानकारी दिए। 

भाले गैंडाको आक्रमणबाट पोथी गैंडा मरेको आशंका गरिएको उनले बताए। गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ।  

२१ गते साँझ निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दलको संयुक्त गस्तीको क्रममा मरेको गैंडा फेला परेको हो।

असोज २४, २०८० बुधबार १४:४१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।