नेपाली विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज आज राति इजरायल उड्ने

नेपाली विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज आज राति इजरायल उड्ने

काठमाडौं : नेपाल सरकारले इजरायलमा रहेका नेपाली विद्यार्थीहरुलाई स्वेदश ल्याउन आज राति जहाज पठाउने भएको छ। 

प्यालेस्टाइन समूह हमासको आक्रमणपछि इजरायलका बंकरमा रहेका उनीहरुलाई स्वदेश ल्याउन सरकारले आज राति ११ बजे नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको हो। 

नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने परराष्ट्रमन्त्री नारायण प्रकाश साउदको सचिवालयले जानकारी दिएको छ। 

वुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले पर्यटनमन्त्री सुदन किरातीलाई भेटेर इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न जहाज पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।

इजरायलमा हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन्। घर फर्किन चाहने नेपालीहरू तीन सय ५०  जना त्यँहास्थित नेपाली दूतावासको सम्पर्कमा छन्। 

असोज २४, २०८० बुधबार १३:४०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।