लक्ष्मी सनराइज बैंकले ल्यायो ‘दशैँ आयो’ योजना, डेबिट/क्रेडिट कार्ड प्रयोग गर्दा क्यासब्याक

लक्ष्मी सनराइज बैंकले ल्यायो ‘दशैँ आयो’ योजना, डेबिट/क्रेडिट कार्ड प्रयोग गर्दा क्यासब्याक

काठमाडौं : दशैँलाई लक्षित गरी विभिन्न अफरहरु सहित लक्ष्मी सनराइज बैंकले ‘दशैँ आयो’ योजना ल्याएको छ।  दशैँको उपलक्ष्यमा अझ उत्साह र रमाईलो थप्न यो योजना ल्याइएको बैंकले जनाएको छ। 

असोज १८ देखि कार्तिक ३० गतेसम्म लागू हुने यस योजना अन्तर्गत लक्ष्मी सन्राइज बैंकको मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा ग्राहकले विभिन्न प्रकारका क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

परम्परागत रूपमा दशैंमा गरिने गतिविधीहरुलाई थप उत्साह प्रदान गर्न जस्तै मिठो खानपिन, भ्रमण, शपिङ्ग तथा रमाईलोलाई ध्यानमा राखी सो योजना ल्याइए बैंकले जनाएको हो। 

पहिलो अफर ‘घुम्न जाउँला’ मा लक्ष्मी सनराइज बैंकको मोबाइल मनि प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमशः २५० र ५०० रुपैयाँको क्यासब्याक पाउन सकिनेछ। यो अफर असोज १८ गते देखि कात्तिक ९ गते सम्म लागु हुनेछ।

क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनि मार्फत टिकट काट्नुका साथै सो अवधि भित्र कुनै एक बिल भुक्तानी पनि गर्नु पर्नेछ।

अर्को अफर ‘शपिङ्ग गरौँला’मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा १ हजार रुपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ। सो योजना असोज २७ गते देखि कात्तिक ३ गते सम्म लागू रहनेछ।

यसै गरी ‘खाउँला पिउँला’ योजनामा असोज २८ गते देखि कात्तिक १२ गते सम्म ‘फुडमान्डु एप’ बाट अर्डर गरी लक्ष्मी सन्राइज बैंकको डेबिटर क्रेडिट कार्ड वा मोबाइल मनिबाट अन्लाइन भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा दुई सय रुपैयाँसम्म क्यासब्याक पाउन सकिनेछ। 

यसै अफर अन्तर्गत के एफ सी को तथा पिज्जा हटका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्ड को ‘ट्याप एण्ड पे ’ फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा पाँच सय रुपैयाँसम्म क्यासब्याक पाइने छ।

त्यसै गरी, ‘रमाईलो गरौँला ’ अफर अन्तर्गत क्युएफएक्स सिनेमा हलहरुमा टिकट खरिद गर्दा लक्ष्मी सन्राइज बैंकको डेबिट र क्रेडिट कार्ड वा मोबाइल मनि मार्फत भुक्तानी गर्दा २५ प्रतिशत वा बढीमा ५०० रुपैयाँसम्म एक पटक क्यासब्याक प्राप्त गर्न सकिनेछ। यो योजना कात्तिक महिनाभरी लागू हुनेछ।

क्यासब्याक अफरहरु बाहेक असोज २५ गते देखि कात्तिक २५ गते सम्म विदेशबाट रेमिट्यान्स पठाउँदा ५०१ रुपैयाँ दक्षिणा प्राप्त गर्न सकिनेछ। यो योजना मेरो भूमि रेमिट्यान्स खातावाला ग्राहकहरुका लागि ५० हजार रुपैयाँ भन्दा बढि रेमिट्यान्स पठाउँदा मात्र मान्य हुनेछ।

सबै योजनाहरुमा क्यासब्याक अफर सकिएपछि प्रदान गरिनेछ। लक्ष्मी सन्राइज बैंकका सेवाग्राहीका लागि यो ‘दशैँ आयो’ योजना दशैँका विभिन्न खर्च तथा गतिविधिमा क्यासब्याकको लाभ लिई दशैँलाई अझ रमाइलो बनाउने सुनौलो अवसर हो।

असोज २४, २०८० बुधबार १३:२५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।