राहुल महरासहित ४ जनाविरुद्ध ‘संगठित अपराध अभियोग’मा मुद्दा दर्ता

राहुल महरासहित ४ जनाविरुद्ध ‘संगठित अपराध अभियोग’मा मुद्दा दर्ता

काठमाडौं : ईलेक्ट्रिक सिग्रेट (भेप) मा लुकाएर नौ किलो सुन तस्करी गरेको अभियोगमा राहुल महराविरुद्ध  ‘संगठित अपराध अभियोग’मा मुद्दा दर्ता भएको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को रायसहितको प्रतिवेदको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महरा सहित ४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। 

भेपमा लुकाएर नौ किलो सुन तस्करी प्रकरणमा राहुलसँगैे तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ सुन तस्करका सहयोगी लोकेन्द्र पौडेल र निमा गुरुङलाई प्रतिवादी बनाइएको छ। निमा फरार छन्।

दावा छिरिङ ६० किलो सुन तस्करीमा पक्राउ परेर थुनामा रहेका छन्।  

प्रतिवादी दाओजिनलाई आपराधिक विश्वासघात, संगठित अपराध र भन्सार ऐन विपरीतको कसुरमा मुद्दा चलाइएको छ भने अन्य तीन जनालाई भने भन्सार ऐन विपरीतको कसुर र संगठित अपराधमा मुद्दा चलाइएको छ।

उनीहरुविरुद्ध भन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी साढे ७ वर्षको कैद सजाय मागदाबी गरिएको छ। 

असोज २४, २०८० बुधबार १२:५०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।