इजरायलमा ज्यान गुमाएका विद्यार्थीको शव तत्काल स्वदेश ल्याउन सभामुख घिमिरेको आग्रह

इजरायलमा ज्यान गुमाएका विद्यार्थीको शव तत्काल स्वदेश ल्याउन सभामुख घिमिरेको आग्रह
फाईल फोटो

काठमाडौं : सभामुख देवराज घिमिरेले इजरायलमा प्यालेस्टाइन समूह हमासको  आतंककारी हमलामा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको शव तत्काल स्वदेश ल्याउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।

सोमबार एक शोक वक्तव्य जारी गर्दै उनले १० जना विद्यार्थीको निधनमा दुःख व्यक्त गर्दै  तत्काल शव स्वदेश ल्याउन आग्रह गरेका हुन्। 

सभामुख घिमिरेले सम्पर्कविहीन रहेका नेपालीको खोजीकार्यका लागि पनि सबै संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराए। 

उनले आक्रमणमा परि घाइते भइ स्थानीय अस्पतालमा उपचाररत नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।

यता सरकारले भने चार्टर फ्लाइटका लागि रुट नपाइएपछि इजरायलबाट नेपालीको उद्धारमा ढिलाइ हुने जनाएको छ।जहाजहरु तयारी अवस्थामा राखिए पनि हवाई रुट नपाइएका कारण जहाज पठाउन नसकिएको सरकारले जनाएको हो।

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनलाई मंगलबार टेलिफोन गरेर इजरायलमा रहेका नेपालीलाई फर्काउन र मृतकको शव ल्याउने प्रक्रियामा सहजीकरण गरिदिन आग्रह गरेका छन्।

असोज २४, २०८० बुधबार १२:१०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।