बागमती नदी किनारमा एक युवक मृत फेला

बागमती नदी किनारमा एक युवक मृत फेला
फाईल फोटो

काठमाडौं : काठमाडौंको बागमती किनारमा एक युवक मृत फेला परेका छन्। 

बुधबार बिहान करिब ६ः३० बजे काठमाडौं महानगरपालिका–३१ बानेश्वरस्थित बागमती नदी किनारमा युवक मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

मृत फेला पर्नेमा काठमाडौंको बालाजु गोलढुंगा घर भई शंखमुलमा बस्ने २० वर्षीय विकास महरा रहेको ढुंगेलले जानकारी दिए। 

घटनास्थलबाट प्रयोग भएको सिरिञ्ज पनि बरामद भएको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

असोज २४, २०८० बुधबार ११:१२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।