इजरायल र हमासबीच युद्ध चर्किएपछि राष्ट्रसंघका महासचिव गुटेरेसकाे नेपाल भ्रमण स्थगित

इजरायल र हमासबीच युद्ध चर्किएपछि राष्ट्रसंघका महासचिव गुटेरेसकाे नेपाल भ्रमण स्थगित

काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण स्थगित गरेका छन्। इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच युद्ध चर्किएपछि गुटेरसले भ्रमण स्थगित गरेका हुन्। 

मध्यपूर्व र पश्चिम एसियमा बढेको तनावका कारण गुटेरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

राष्ट्रसंघका महासचिव गुटेरेसले यही असोज २६ गतेदेखि २९ गतेसम्म नेपाल भ्रमण गर्ने तय भएको थियो । महासचिव गुटेरेस नेपाल हुँदै चीन जाने कार्यक्रम रहेको थियो। 

गुटेरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने समेत तय भइसकेको थियो। 

असोज २४, २०८० बुधबार १०:५४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।