सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर
काठमाडौं : साताको चौथो दिन सुनको मूल्य सामान्य घट्दा चाँदीको स्थिर रहेको छ।
बुधबार सुन तोलको १ सय रुपैयाँले घट्दा चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार छापावाल सुन १ लाख ८ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार हुनेछ भने तेजाबी सुनको मूल्य १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको छ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने मंगलबार र बुधबर एकै रहेको छ। यसदिन चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।
असोज २४, २०८० बुधबार १०:४६:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।