भारत-पाकिस्तानको खेलमा नौ वटा बम डिस्पोजल टोली रङ्गशालामै रहने, इमेलबाट धम्की आउने क्रम जारी

भारत-पाकिस्तानको खेलमा नौ वटा बम डिस्पोजल टोली रङ्गशालामै रहने, इमेलबाट धम्की आउने क्रम जारी

काठमाडौं : आईसीसी विश्वकप क्रिकेटमा शनिबार भारत र पाकिस्तान आमनेसामने हुँदैछन्। यो खेल क्रिकेट जगतकै लागि प्रतिक्षित हो।

त्यसअघि विश्वकपकै दुई खेलमा पाकिस्तानले नेदरल्याण्ड्स र श्रीलंकालाई पराजित गर्यो भने भारतले पनि पहिलो खेलमा अस्ट्रेलियालाई पराजित गर्दा बुधबार आफ्नो दोस्रो खेल खेल्दैछ।

१४ अक्टोवर अर्थात् शनिबार १ लाख ३० हजार दर्शक अट्ने विश्वको सबैभन्दा ठूलो नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने खेलका लागि पाकिस्तानी टोली बुधबार त्यसतर्फ जाँदैछ।

त्यहाँको प्रहरी प्रशासनले सुरक्षाका सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

मंगलबार पत्रकार सम्मेलनका आयोजना गर्दै अहमदावादका पुलिस कमिस्नर ज्ञानेन्द्रसिंह मलिकले प्रहरी भारत र पाकिस्तानको सुरक्षा दिन तयार र सक्षम रहेको बताए।

उनका अनुसार यो खेलका लागि सात हजार प्रहरी र चार हजार होम गार्डहरू गरी ११ हजार सुरक्षाकर्मी परिचालित हुनेछन्। यसका साथै राष्ट्रिय आपतकालीन प्रतिक्रिया बल(एनडीआरफ) र प्रदेश आपतकालीन प्रतिक्रिया बल(एसडीआरफ) परिचालनका लागि अनुरोध गरिएको मलिकले बताए।

‘हामीले एनडीआरएफ र एसडीआरफका लागि अनुरोध गरेका छौँ, जसले केमिकल, बायोलोजिकल, रेडियोलोजिकल र न्यूक्लियर थ्रेड पत्ता लगाउन सक्छ’, उनले भने।

यसका अलावा नेशनल सेक्युरिटी गार्ड(एनएसजी)को बम डिस्पोजल टिम, हिट टिम र एन्टी डोन टिमले पनि सुरक्षा प्रदान गर्नेछ। मलिकका अनुसार बम डिस्पोजल स्क्वाडको नौ टिमका साथै स्निफर कुकुरहरू पनि साथमा रहनेछन्।

आफूहरू सुरक्षाको रूपले तयारी अवस्थामा रहेको भन्दै उनले ईमेलमार्फत आएका धम्कीहरूलाई मनिटरिङ गरिरहेको बताए।

असोज २४, २०८० बुधबार १०:३६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।