प्रतिनिधि सभाका पाँच समितिका बैठक सिंहदरबार बस्दै

प्रतिनिधि सभाका पाँच समितिका बैठक सिंहदरबार बस्दै

काठमाडौं : प्रतिनिधि सभाको पाँच छुट्टा-छुट्टै समितिको बैठक आज बस्दैछ।

सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः३० बजे बस्न लागेको हो।

यस्तै, महिला तथा सामाजिक महिला समितिको बैठक बिहान ११ः३० बजे, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १२ः१५ बजे बस्दैछ।

यी सबै बैठक सिंहदरबारमा बस्दैछ।

प्रतिनिधि सभाको बैठक भने बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

असोज २४, २०८० बुधबार ०८:२०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।