राजकुलो सुधारका लागि महानगरले लगायो ३३ लाखको ठेक्का

राजकुलो सुधारका लागि महानगरले लगायो ३३ लाखको ठेक्का
फाइल तस्बिर

काठमाडौं : काठमाडौं महानगरपालिकाले राजकुलो सुधारका लागि ३३ लाखको ठेक्का लगाएको छ।

बुधबार सार्वजनिक सूचना निकालेर महानगरले राजकुलो सुधारको ठेक्का लगाएको हो। ठेक्का कामक्ष कन्स्ट्रक्सनले मूल्य अभिवृद्धि करसहित ३३ लाख ६४ हजार ३०६ रुपैयाँ ८० पैसामा पाएको हो।

महानगरको सार्वजनिक निर्माण विभागले निकालेको सूचनाअनुसार राजकुल सुधारको ठेक्का महानगरपालिकाको १४ नम्बर वडामा हुन लागेको हो।

योसँगै महानगरको वडा नम्बर ४ स्थित बालुवाटार क्षेत्रको फुटपाथ मर्मतको ठेक्कासमेत लागेको छ। 

उक्त ठेक्का कालिका ब्युल्डर्स प्रालिले मूल्य अभिवृद्धि करसहित ६ करोड १० लाख १० हजार २९० रुपैयाँमा प्राप्त गरेको विभागीय प्रखुले जनाएका छन्।

असोज २४, २०८० बुधबार ०८:०९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।