पूर्व उपमेयर हरिप्रभाको छोरीको विवाह पाकिस्तानमा, टिकटकमा भिडियो भाइरल

पूर्व उपमेयर हरिप्रभाको छोरीको विवाह पाकिस्तानमा, टिकटकमा भिडियो भाइरल

काठमाडौँ : नेपाली काङ्ग्रेसकी प्रदेश सांसद हरिप्रभा खड्गीको छोरीको विवाह पाकिस्तानका टिकटकर रिजवानसँग भएको छ।

उनको छोरी रोहिनाको विवाह पाकिस्तानी युवा रिजवानसँग भएको हो। हरिप्रभा छोरीको विवाहका लागी पाकिस्तान गएकी थिइन्।

पाकिस्तानमा दुवैले मुस्लिम परम्परा अनुसार विवाह गरेका थिए। विवाहमा रोहिनाले नेपाली बेहुलीको पोसाक लगाएकी थिइन्।टिकटकमा यी दुवै विवाहको भिडियो अहिले चर्चामा छ।

पाकिस्तान जाँदा विमानस्थलमा रिजवानले खुट्टा ढोग्दै स्वागत गरेकोदेखि विवाहस्थलसम्मका भिडियो छ्यापछ्याप्ती छन् टिकटकमा। उनीहरूको विवाहको भिडियोमा नेपाल र पाकिस्तानको झन्डा राखिएको छ।

रिजवान नेपाल समेत आइसकेका छन्। उनी पोखरा घुमेर फर्किएका थिए। 

खड्गी काठमाडौँ महानगरपालिकाकी पूर्व उपमेयर समेत हुन्।

उनी मेयरको आकाङ्क्षी थिइन्। तर टिकट नपाएपछि बागमती प्रदेशको समानुपातिक सूचिमा बसेकी थिइन्। पछि समानुपातिक कोटाबाटै उनी प्रदेश सांसद भइन्।

असोज २४, २०८० बुधबार ०१:३०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।