श्रीलंकालाई छ विकेटले हराउँदै ४८ वर्षको विश्वकप इतिहासमा पाकिस्तानको कीर्तिमानी जित

श्रीलंकालाई छ विकेटले हराउँदै ४८ वर्षको विश्वकप इतिहासमा पाकिस्तानको कीर्तिमानी जित

काठमाडौं : आईसीसी विश्वकप क्रिकेटमा मंगलबारको दोस्रो खेलमा श्रीलंकालाई छ विकेटले पराजित गर्दै पाकिस्तानले कीर्तिमानी जित निकालेको छ।

३४५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४८.२ ओभरमा चार विकेट गुमाएर लक्ष्य भेट्टायो। ४८ वर्षको विश्वकप इतिहासमा यो अहिलेसम्मको सबैभन्दा धेरै रनको लक्ष्य भेट्टाएको (रन चेज) हो।

यसअघि सन् २०११ को विश्वकपमा इंग्ल्याण्डले दिएको ३२८ रनको लक्ष्य आयरल्याण्डले पछ्याएको थियो। यो नै विश्वकपमा सबैभन्दा धेरै ठूलो लक्ष्य भेट्टाइएको हो।

मंगलबार पाकिस्तानका लागि अबदुल्लाह सफिकी र मोहम्मद रिजवानले शतकीय पारी खेले।

शतक प्रहार गरेका पाकिस्तानका अब्लुल्लाह सफिकी

सफिकीले १०३ बलमा १० चौका र ३ छक्काको मद्दतले ११३ रन बनाउँदा रिजवानले १२१ बलमा ८ चौका र ३ छक्काको मद्दतमा अविजित रहँदै १३१ रन जोडे।

त्यसबाहेक साउद सकील ३१, इमाम उल हक १२ र बाबर आजम १० रनमा आउट भए। इफ्तिखार अहमदले २२ रन बनाएर अविजित रहे।

श्रीलंकाका दिलसान मधुशंकाले दुई तथा मधीशा पथिरानाले एक विकेट लिए।

त्यसअघि हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३४४ रन बनायो।

उसका लागि कुशल मेन्डिस र सदीरा समराविक्रमाले शतकीय पारी खेले।

कुशलले ७७ बलमा १४ चौका र ६ छक्काको मद्दतमा १२२ रन जोड्दा सदीराले ८९ बलमा ११ चौका र २ छक्काको मद्दतमा १०८ रन बताए।

चोटका कारण मैदानमै ढलेका मोहम्मद रिजवान। यद्यपि उनले पूरै खेल अवधिभर खेले।

त्यसबाहेक पथुम निसान्काले ५१ रनको अर्धशतकीय पारी खेल्दा धनन्जय डी सिल्भाले २५, दसुन शान्काले १२ र दुनिथ वेल्लालागेले १० रन जोडे।

बलिङतर्फ पाकिस्तानका हसन अलीले चार, हरिश रौफले दुई तथा शाहदाब खान, मोहम्मद नवाज र शाहीन शाह अफरिदीले समान एक-एक विकेट लिए।

जितसँगै पाकिस्तान अकंतालिकाको दोस्रो स्थानमा उक्लिँदा श्रीलंका भने दुई हारसहित आठौं स्थानमा छ।

असोज २३, २०८० मंगलबार २२:४१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।